ग्रीन डेभलपमेण्ट बैङ्कको पाँचौ वार्षिक साधारण सभा
भदौ १४, काठमाडौं (अस) । ग्रीन डेभलपमेण्ट बैङ्कको पाँचौ वार्षिक साधारण सभा असोज ८ गते होटल पिस प्यालेस हरिशङ्कर रोड बाग्लुङमा हुने भएको छ । बैङ्कको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको प्रस्तावमा बैङ्कको केन्द्रिय कार्यालय बाग्लुङबाट पोखरा लेखनाथ महानगरपालिकाको उपयुक्त स्थानमा सार्ने सम्बन्धी रहेको छ । साथै, संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने रिक्त रहेको स्थानमा १ जना सञ्चालक निर्वाचन गर्ने रहेको छ । सो साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका भदौ २२ गतेदेखि असोज ८ गतेसम्म बन्द रहनेछ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed