दोस्रो घण्टामा ०.१४% बढ्यो नेप्से (१ बजेको अपडेट)

भदौ १४, काठमाडौं (अस) । साताको अन्तिम दिन नेप्से कारोबार भएको दोस्रो घण्टाको अवधिमा परिसूचक शून्य दशमलव १४ प्रतिशत बढेको छ । यस अवधिमा नेप्से १ दशमलव ६२ अङ्कले बढेर १ हजार १ सय ७३ दशमलव ९२ विन्दुमा पुगेको छ । कारोबार भएका १ सय १७ कम्पनीको १ लाख ९३ हजार ५ सय ४२ कित्ता शेयरको रू. ४ करोड ९७ लाख बराबरको कारोबार भएको छ । कारोबार भएका १० समूहको परिसूचकमा सात समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढ्न पुगेको छ । होटल समूहको परिसूचक स्थिर रहेको छ भने जलविद्युत र ‘अन्य’ समूहको परिसूचक घटेको छ ।