नेपाल इन्स्योरेन्सको नाफा १२ करोड ४९ लाख

भदौ १४, काठामाडौं (अस) । असार मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले रू. १ करोड ४९ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ८ दशमलव ५६ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवमा रू. ११ करोड ५१ लाख नाफा कमाएको थियो । कम्पनीले रू. २१ करोड ८९ लाख आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. ६१ करोड ६१ करोड ७६ लाख पुगेको छ । यो अघिल्लो आवको तुलनामा १ सय १४ प्रतिशतले वृद्धि हो । अघिल्लो आवमा कम्पनीको चुक्तापूँजी रू. २८ करोड ७६ लाख थियो । कम्पनीले रिजर्भ कोषमा रू. २४ करोड ५३ लाख छुट्याएको छ । यो रकम अघिल्लो आवको तुलनामा ५३ प्रतिशतले वृद्धि हो । असार मसान्तसम्ममा कम्पनीले रू. ८७ करोड ८७ लाख बीमा प्रिमियम आर्जन गर्न सफल भएको छ । त्यसैगरी कम्पनीले सङ्कलित प्रिमियम तथा जगेडा कोषहरुमा रहेको रकमलाई अल्पकालिन मुद्रा बजारमा परिचालन गरी ब्याज आर्जन गर्न सफल भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव २४, मूल्य आम्दानी अनुपात ३२ दशमलव ५१ र प्रतिशेयर नेटवर्थ रू. १ सय ७१ दशमलव ८२ रहेको छ ।