सहारा विकासको नाफा घट्यो

भदौ १४, काठमाडौं (अस) । सहारा विकास बैङ्क लिमिटेडको गत आवको चौंथो त्रैमासमा नाफा अघिल्लो आवको तुलनामा १३ प्रतिशतले घटेको छ । अघिल्लो आवमा रू. १ करोड ४२ लाख रहेको नाफा गत आवमा रू. १ करोड २३ लाख पुगेको छ । बैङ्कको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा २ प्रतिशतले बढेको छ भने सञ्चानल मुनाफा १० प्रतिशतले घटेपछि नाफा घट्न पुगेको हो । बैङ्कको खुद ब्याज आम्दानी रू. ३ करोड ५१ लाख रहेको छ भने सञ्चालन मुनाफा रू. १ करोड ९४ लाख रहेको छ । चौंथो त्रैमासमा बैङ्कको चुक्तापूँजी रू. ७ करोड २९ लाख पुगेको छ भने जगेडा कोषको रकम रू. ५ करोड ४६ लाख रहेको छ । बैङ्कले रू. ३६ करोड ८१ लाख कर्जा प्रवाह गरेको छ । बैङ्कको निष्क्रिय कर्जा शून्य दशमलव ७९ प्रतिशत रहेको छ ।