एलआरआई स्कुल–इङ्लिस इन चेस्टरबीच सहकार्यका लागि सम्झौता
भदौ १४, काठमाडौं (अस) । काठमाडौंको कलंकीस्थित एलआरआई स्कुल र बेलायतकोे इङ्लिस इन चेस्टरबीच द्विपक्षीय शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ । दुबै स्कुलका प्रतिनिधिहरुले लण्डनमा आायेजित एक कार्यक्रममा शैक्षिक सहकार्य गर्ने सम्झौता गरेका हुन् । सम्झौता पत्रमा एलआरआईका तर्फबाट प्राचार्य डा. देवकान्त जोशी र इङ्लिस इन चेस्टरका तर्फबाट निगेल परमोरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार छोटो अवधिको शिक्षणका लागि विद्यार्थीको भाषाको गुणस्तर तथा अभिभावकका लागि छोटो अवधिको भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । शैक्षिक गुठी अन्र्तगत सञ्चालित एलआरआईले सम्झौता गरेको बेलायतको उक्त विद्यालय बेलायतका करीब ५ सय विद्यालयमध्ये उत्कृष्ट तीनमा पर्ने विद्यालय भएको बताइएको छ । एलआरआईले करीव १७ देशसँग द्विपक्षीय सम्झौता गरिसकेको विद्यालयका प्राचार्य जोशीले बताए । इङ्लिस इन्चेस्टरसँगको सम्झौताले छोटो समयका लागि इङ्लिस पढ्न जाने विद्यार्थीहरुका लागि कासेढुङ्गा सावित हुने विद्यालयले विश्वास लिएको लेखाप्रमुख दीपक जोशीले बताए । इन चेस्टरसँगको सम्झौता पछि एलआरआईलाई विश्वका अन्य देशसँग पनि सहकार्य गर्न सकिने विश्वास लिइएको लेखा प्रमुख जोशीले बताए । यो कार्यक्रमको उद्देश्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विश्व भरीको भाषा, भेषभुषा, रहन सहन लगायत सांस्कृतिक आदान प्रदान गर्नु रहेको जोशीको भनाइ छ । ‘विद्यालय सधै नविनतम प्रविधिको प्रयोग गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्नमा तल्लीन रहेको छ’, प्राचार्य जोशीले भने, ‘आगामी दिनमा यसको दायरा थप फराकिलो बनाइदै लगिने छ ।’ यस्ता कृयाकलापले विद्यार्थीको र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए । सम्झौता समारोहमा विद्यालयका संस्थापक गुठियार यशोधरा पन्त, लेखा प्रमुख दिपक जोशी, विद्यालय व्यवस्थापन समितिका सदस्य साधुराम गौतम, इङ्लिस इन चेस्टरकी जेनी, एनएनए तथा लण्डन नेपाल न्युज … Continue reading एलआरआई स्कुल–इङ्लिस इन चेस्टरबीच सहकार्यका लागि सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed