०.५० प्रतिशत बढ्यो नेप्से (२ बजेको अपडेट)

भदौ १४, काठमाडौं (अस) । साताको अन्तिम दिन कारोबार भएको तेस्रो घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव ५० प्रतिशत बढेको छ । यस अवधिमा नेप्से ५ दशमलव ८७ अङ्कले बढेर १ हजार १ सय ७८ दशमलव १७ विन्दुमा पुगेको छ । कारोबार भएका १ सय ४६ कम्पनीको ३ लाख ३८ हजार १ सय ५९ कित्ता शेयरको रू. १० करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका १० समूहको परिसूचकमा ‘अन्य’ समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो ।