सानिमा इक्वीटी फण्डको नाफा १ करोड ३ लाख

भदौ १४, काठमाडौं (अस) । सानिमा म्युचुअल फण्डद्वारा सञ्चालित सानिमा इक्वीटी फण्डको साउन मसान्तमा कुल आय रू. १ करोड ३ लाख रहेको छ । योजनाको प्रति एकाई खुद सम्पत्ति मूल्य रू. १० दशमलव २३ रहेको छ । असार मसान्तमा एनएभि रू. १० दशमलव १५ रहेको थियो । योजनाले सूचिकृत धितोपत्रमा रू. ६० करोड ५४ लाख लगानी गरेको छ । असार मसान्तमा यस्तो लगानी रू. ५९ करोड १० लाख रहेको थियो । योजनाको बैङ्क मौज्दात रू. ७१ करोड ७९ लाख पुगेको छ । योजनाको प्राप्त भइसकेको आम्दानी रू. ५ लाख ८४ लाख रहेको छ भने प्राप्त नभइसकेको आम्दानी रू. १ करोड २६ लाख रहेको छ । योजनाले ४४ सूचिकृत कम्पनीका गरी रू. २९ करोड ११ लाख शेयरमा लगानी गरेको छ । योजनाको व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।