२७ दिनको कारोबारमा जनरल इन्स्योरेन्सले कमायो २ करोडभन्दा बढी नाफा
भदौ १४, काठमाडौं (अस) । गत आर्थिक वर्षको चौंथो त्रैमासमा कारोबार शुरु गरेको २७ दिनमा जनरल इन्स्योरेन्स कम्पनी नेपालले रू. २ करोड ९ लाख ९० हजार नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै उक्त नाफा उल्लेख गरेको हो । यस अवधिमा कम्पनीले रू. ११ लाख ७१ हजार खुद बीमा शुल्क आर्जन गरेको छ भने रू. २ करोड ७५ लाख ३७ हजार लगानी कर्जा तथा अन्य शीर्षकबाट आम्दानी गरेको छ । हाल रू. ७० करोड चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम रू. ९४ लाख ४५ हजार रहेको छ । त्यस्तै, बीमा कोषमा रू. १ करोड ४ लाख ९५ हजार र महाविपत्ती जगेडा कोषमा रू. १० लाख ४९ हजार रहेको छ । बैङ्क मौज्दातमा रू. ५ करोड ६८ लाख ९९ हजार रहेको यस कम्पनीको अल्पकालिन लगानी तथा कर्जा शीर्षकमा रू. ६४ करोड २५ लाख रहेको छ । प्रतिशेयर आम्दानी रू. ३ र प्रतिशेयर नेटवर्थ रू. १ सय २ दशमलव ८५ रहेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed