आँखुखोला जलविद्युतको आईपीओमा आवेदन दिने शुक्रवार अन्तिम दिन
भदौ १४, काठमाडौं । साउन १७ देखि आयोजना प्रभावित स्थानियका लागि जारी गरेको आँखुखोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने शुक्रवार अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र धादिङ जिल्लाका सम्पूर्ण वासिन्दाको लागि ८ लाख कित्ता आईपीओ जारी गरेको हो । यस आईपीओमा छिटोमा साउन ३१ र ढिलोमा भदौ १५ गतेसम्म न्यूनतम ५० कित्ता र अधिकतम ४ हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ । स्थानियका लागि जारी गरेको आईपीओ बाँडफाँट भएको मितिले तीन वर्षसम्म विक्री गर्न नपाउने व्यवस्था रहेको छ । आईपीओ खरीदका लागि कम्पनीको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका साथै, धादिङ जिल्लामा रहेका मुक्तिनाथ विकास बैङ्क, सिभिल बैङ्क र प्रभु बैङ्कका शाखाहरुबाट आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीको आईपीओलाई ग्रेड ५ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष कमजोर रहेको देखाउँछ । स्थानिय वासिन्दालाई आईपीओ जारी पश्चात सर्वसाधारणको लागि १२ लाख कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीको पूँजी हाल रू. ६० करोड रहेको छ । स्थानिय र सर्वसाधारणलाई आईपीओ जारी गरेपछि पूँजी रू. ८० करोड पुग्नेछ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed