साधारण सभाका लागि लुम्बिनी विकास बैङ्कको बुक क्लोज

भदौ १५, काठमाडौं (अस) । भदौ ३१ गते दशौ वार्षिक साधारण सभा बोलाएको लुम्बिनी विकास बैङ्कले आइतवार बुक क्लोज गर्ने भएको छ । यस आधारमा बिहीवारसम्म कायम रहेका सदस्यहरुले साधारण सभामा भाग लिन पाउनेछन् । अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बोलाइएको उक्त सभामा आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदन पारित र आर्थिक वर्ष २०७४/७५ का लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका कार्यक्रम तय भएको छ । साथै, सभाले संस्थापकको तर्फबाट तीन र सर्वसाधारणको तर्फबाट तीन गरी ६ जना सञ्चालनको निर्वाचण गर्नेछ । कम्पनीले सभाको विशेष प्रस्तावमा सामाजीक उत्तरदायित्व बहन गर्ने क्रममा तोकिएको सीमा नाघेको हुँदा सो शीर्षकमा भएको खर्च अनुमोदन गरी आर्थिक वर्षको मुनाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकमा खर्च गर्ने व्यवस्था पारित गर्ने राखेको छ ।