ग्रामिण विकासको साधारण सभामा भाग लिन आइतवारसम्म शेयर कायम गर्नुपर्ने

भदौ १५, काठमाडौं (अस) । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभामा भाग लिनका लागि आइतवारसम्म शेयर कायम गर्नुपर्ने भएको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि सोमवारदेखि बुक क्लोज गर्ने भएकाले आइतवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो । असोज ५ गते बिहान ११ः३० मा एशियन होटलको सभाहल बुटवलमा आयोजना हुने सभामा कम्पनीको कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने र चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा पूँजी संरचना संशोधन गर्ने विशेष प्रस्तावमाथि छलफल हुनेछ । साथै हकप्रद शेयर खरीद गर्ने हक जुन समूहको शेयर धनिको हो सोही समूह अन्तर्गत भर्न हक हस्तान्तरण गर्न दिने प्रस्ताव पारित गर्ने कार्यक्रम समेत रहेको छ ।