लुम्बिनी बैंकले चुक्ता पुँजी बढाएर दुई अर्ब रुपैयाँ पुर्याउने योजनाअनुसार चाँडै रु २५ करोडको सेयर सार्वजनिक निष्कासन गर्ने तयारी गरिरहेको बुझिएको छ ।
प्राप्त जानकारी अनुसार ती सेयर अंकित मूल्य रु. १०० प्रतिसेयरका दरले बिक्री हुनेछन् । यद्यपि यसबारे कम्पनीको सञ्चालक समितिबाट औपचारिक निर्णय भइसकेको छैन । लुम्बिनी बैंकको नेटवर्थ अझै ऋणात्मक भएकाले प्रियियममा बिक्री गर्न नपाएको हो ।
सेयर बिक्रीपूर्व आवश्यक सबै प्रक्रिया पूरा गर्न अझै करिब दुई महिना लाग्ने अनुमान छ । कम्पनीले यसबारे निर्णय गर्ने साधारण सभा बोलाउन पूर्वतयारीका रुपमा आव २०६३/६४ को वार्षिक प्रतिवेदन तयार गरेर स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरिसकेको छ । गत असार मसान्तमा रु ६० करोड चुक्ता पुँजी रहेको लुम्बिनी बैंकको हालै भएको हकप्रद सेयर निष्कासनको प्रक्रिया पूरा भएपछि उसको चुक्ता पुँजी रु ७५ करोड पुग्ने भएको छ ।
प्रस्तावित २५ करोड रुपैयाँको सेयर सर्वसाधारणमा निष्कासन गरे पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ भने प्रवद्र्धक समूहको सेयर स्वामित्व ७० प्रतिशतबाट करिब ६२ प्रतिशतमा झर्नेछ । सर्वसाधारणको सेयर स्वामित्व बढेर करिब ४८ प्रतिशत पुग्नेछ ।
यसअघि बैंकले आफ्नो खराब ऋणी माउन्ट एभरेस्ट ब्रुअरीको स्वामित्वमा रहेको करिब रु. १ करोडको बैंकको सेयर जफत गरेको थियो । ती सेयर बिक्री गर्ने कार्यमा भने कम्पनी ऐनको प्रावधानले गर्दा केही ढिलाइ हुने भएको छ ।
वर्ष ३, अंक १, २०६४ भदौ १०–१६








