भदौ १७, काठमाडौं (अस) । गत आर्थिक वर्षको चौंथो त्रैमासमा नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा ३५ प्रतिशतले कम भएको छ । अघिल्लो वर्ष रू. २५ करोड ६७ लाख १४ हजार नाफा आर्जन गरेको यस कम्पनीले गत वर्षको सोही अवधिमा रू. १६ करोड ६१ लाख मात्र नाफा गरेको हो । कम्पनीको जगेडा कोष रकम रू. ३९ करोड २५ लाख ७७ हजार ऋणात्मक रहेको छ ।
गत चौंथो त्रैमासमा रू. ८७ करोड ७७ लाख २७ हजार कुल बीमाशूल्क आर्जन गरेको कम्पनीले २ हजार ४ सय ३७ जनालाई रू. ९३ करोड ३४ लाख ३१ हजार दाबी भुक्तानी गरेको छ । कम्पनीमा हाल ३१ हजार ८ सय ३७ बीमालेख जारी रहेको छ । कम्पनीको बीमा कोषमा रू. ९८ करोड ९८ लाख २७ हजार र महाविपत्ती जगेडामा रू. २ करोड ६५ लाख २७ हजार रहेको छ । चौंथो त्रैमासमा रू. १८ करोड ९२ लाख ७९ हजार आम्दानी गर्दा रू. २ करोड ३१ लाख ८० हजार व्यवस्थापन तथा खर्च गरेको छ ।












