विक्रम सम्बत् २०६६ साल पुस १ गतेदेखि लघुवित्त सम्बन्धी कारोबार गर्दै आएको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल २५ जिल्लामा ५६ ओटा शाखा कार्यालयमार्फत ६० हजार ७ सय २९ जना महिलाहरुलाई सदस्य बनाई सेवा प्रदान गरिरहेको छ । कारोबार सञ्चालनका लागि नेपाल राष्ट्र बैङ्कले सोही वर्ष मङ्सिर १६ मा स्वीकृति प्रदान गरेको थियो । कम्पनीको आगामी वर्ष सदस्यहरुको सङ्ख्या वृद्धि गरी ९३ हजार १ सय ३५ पुर्याउने लक्ष्य रहेको छ । आर्थिक वर्ष २०७६/०७७ सम्ममा रू. ३५ करोड ४६ लाख ४ हजार चुक्तापूँजी पुर्याउने प्रक्षेपण कम्पनीले गरेको छ । सोही वर्ष रू. ५ करोड ५५ लाख ६४ हजार नाफा कमाउने प्रक्षेपित अनुमान समेत कम्पनीको छ । प्रक्षेपण अनुसार चुक्तापूँजी वृद्धि गर्न साउन १३ देखि भदौ १७ गतेसम्मका लागि हाल कायम चुक्तापूँजीको १ं सय प्रतिशत हकप्रद जारी गरिरहेको यस कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्ताहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ दशमलव ०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
प्रस्तावित बोनस शेयर हकप्रद शेयरले नपाउने कम्पनीले जानकारी दिएको छ । हाल रू. १२ करोड २४ लाख ९७ हजार चुक्तापूँजी रहेको कम्पनीको हकप्रद र बोनस पश्चात चुक्तापूँजी रू. २६ करोडभन्दा बढी हुनेछ । हाल जारी हकप्रद पश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम हुनेछ । चौंथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोष रकम रू. ६ करोड ६४ लाख ६८ हजार रहेको छ । अघिल्लो वर्षको तुलनामा जगेडा कोष १ सय १७ प्रतिशत बढेको छ । चौंथो त्रैमासमा कम्पनीले रू. ३ करोड ६५ लाख ८७ हजार नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले करीब २९ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गत चौंथो त्रैमासमा अघिल्लो वर्षभन्दा ९३ प्रतिशत खराब कर्जा उठाएकाले पनि नाफा बढ्नमा सहयोग मिलेको देखिन्छ । अघिल्लो वर्षको चौंथो त्रैमासमा रू. २४ लाख २१ हजार खराब कर्जा उठाएको कम्पनीले गत वर्ष सोही अवधिमा रू. ४६ लाख ७७ हजार उठाएको हो ।
वर्गीकरणः लघुवित्त
पछिल्लो व्यापार मूल्यः रू. ७९४
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ३०६०
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ७०५
१८० दिनको भारित औसत मूल्यः रू. १५१६.८७
कम्पनीका महत्वपूर्ण अनुपात

व्यवस्थापनः
अध्यक्षः ज्ञानेन्द्र प्रसाद पाण्डे
प्रमुख कार्यकारी अधिकृतः उदय राज खतिवडा
प्रधान कार्यालयः बनेपा, काभ्रेपलान्चोक
शाखाः ५६
वेबसाइटः www.slbbl.com.np
स्टक सङ्केतः एसएलबिबिएल
कम्पनीका महत्वपूर्ण वित्तीय परिसूचक (रू. हजारमा)
महत्वपूर्ण अनुपात

लाभांश विवरण

आधारभूत विश्लेषण
कम्पनीको चालू आवको चौंथो त्रैमासको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः
- गत आर्थिक वर्षको चौंथो त्रैमासमा कम्पनीले रू. ७८ करोड २३ लाख ५६ हजार निक्षेप संकलन गरेको छ । त्यस्तै रू. १० लाख १० हजार लगानीमा रहेको कम्पनीले रू. २ अर्ब १३ करोड २३ लाख ५ हजार कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ६४ र कर्जा प्रवाह ६७ प्रतिशत बढेको छ ।
- अघिल्लो वर्षको तुलनामा करिब ८१ प्रतिशत बढाएर रू. २९ करोड ९७ लाख ८९ हजार ब्याज आम्दानी गरेको कम्पनीले रू. १७ करोड ३० लाख ३७ हजार ब्याजमा खर्चिएको छ । ब्याज खर्च अघिल्लो बर्षभन्दा १ सय ३९ प्रतिशत बढी भएको हो ।
- कुल सञ्चालन खर्च रू. ३ करोड ९८ लाख ५९ हजार गरेको कम्पनीले अघिल्लो वर्षभन्दा साढे ७७ प्रतिशत बढी रू. ५ करोड ९१ लाख ३६ हजार कर्मचारीको लागि खर्चिएको छ ।
- कम्पनीको स्थिर सम्पत्ति रू. ३ करोड १७ लाख ३८ हजार र अन्य सम्पत्ति रू. ४ करोड २२ लाख ६७ हजार पुगेको छ ।
- पूँजीकोष लागत ९ दशमलव ९८ प्रतिशत रहेको छ भने पूँजीकोष पर्याप्तता ९ दशमलव ९७ रहेको छ ।
- चौंथो त्रैमासमा शून्य दशमलव ३६ प्रतिशत निष्क्रिय कर्जा रहेको कम्पनीले सम्भावित जोखिम शिर्षकमा रू. १ करोड ६७ लाख ८१ हजार छुट्याएको छ । अघिल्लो वर्ष यसै अवधिमा उक्त शीर्षकमा रू. ९८ लाख ६४ हजार छुट्याईएको थियो । सम्भावित जोखिम शीर्षकमा अघिल्लो वर्षभन्दा ७० प्रतिशत बढी रकम छुट्याइएको हो ।
- चौंथो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २९ दशमलव ८६, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. २ हजार ५२ दशमलव ५४, मूल्य आम्दानी अनुपात २८ दशमलव ९६ प्रतिशत, तरलता अनुपात १३ दशमलव ९८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ५४ दशमलव २५ रहेको छ । बिहीवार कम्पनीको शेयर कारोबारमा अन्तिम मूल्य रू. ७ सय ९४ कायम भएको छ ।
- अर्निङ पावर रेशियोः कर तिरेपछिको नाफा/कुल सम्पत्ति

- अर्निङ यिल्ड रेशियोः प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य×१००

प्राविधिक विश्लेषण
बिहीवार भएको शेयर कारोबार विवरण

मैनबत्ती विश्लेषण

३ जुन २०१८ ३० अगष्ट २०१८
स्ट्याण्डर्ड डेभिएशन
३ जुन २०१८ ३० अगष्ट २०१८
आरएसआई
३ जुन २०१८ ३० अगष्ट २०१८
मुभिङ एभरेज
३ जुन २०१८ ३० अगष्ट २०१८
- मैनबत्ती विश्लेषणः कम्पनीको ६२ दिनको कारोबार अवधिमा अन्तिम दिन कालो मैनबत्ती बनेको छ । यस्तो आकृतीले कम्पनीको शेयर मूल्य घट्ने सङ्केत गर्दछ ।
- आरएसआईः कम्पनीको ६२ दिनको कारोबारमा आरएसआई न्युट्रल जोन (३८ दशमलव ८३ स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
- स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ६२ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन ४ दशमलव ९२ विन्दुमा छ । उतारचढाव सामान्य छ ।
- मुभिङ एभरेजः कम्पनीको ६२ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्य रेखाभन्दा माथी छ । हालको मूल्य रू. ७ सय ९४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ६ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ७ सय ८१ मा टेवा पाउने देखिन्छ ।











