प्रदेश समृद्धिको आधार उद्योग, कृषि र पर्यटन

The following two tabs change content below.BioLatest Posts बीपी गौतम Latest posts by बीपी गौतम (see all) तिलोत्तमामा पूर्ण सरसफाइ अभियान : ५१ लाखमा ११ हजार डष्टबिन वितरण – सिण्डिकेट अन्त्यको प्रभाव : स्तरीय गाडी भित्र्याउन व्यवसायीको होड – घरपालुवा चौपाया बेवारिसे छाडे जरीवाना ! – प्रदेश नं. ५ को समृद्धिको आधारकारूपमा उद्योग, कृषि र पर्यटन रहेका छन् । प्रदेश सरकारले समेत यी क्षेत्रलाई विशेष महत्त्व दिएको छ । प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटमा कृषि, उद्योग र पर्यटनलाई समृद्धिको आधारकारूपमा अघि सारिएको छ । प्रदेश नं. ५ मा नवलपरासीको बर्दघाट (सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दिया जिल्ला पर्दछन् । कृषि यहाँका बासिन्दाको परम्परागत पेशा हो । कृषिलाई आधुनिकीकरण गरेर कृषि उद्यमशीलताको विकास गर्दा त्यसबाट समृद्धि प्राप्त गर्न सक्ने देखिन्छ । प्रदेश सरकारले कृषिको व्यवसायीकरणका लागि चालू आर्थिक वर्षको बजेटमा विभिन्न अनुदानका कार्यक्रम ल्याएको छ । पर्यटन यहाँको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी यसै प्रदेशमा पर्छ । विश्वका बुद्धिष्टलाई कम्तीमा एकपटक बुद्धको जन्मस्थल लुम्बिनी जानुपर्छ भन्ने भावना जागृत गराउँदै त्यसप्रकारको वातावरण निर्माण गर्ने हो भने यो प्रदेशको समृद्धिका लागि अरु धेरै गर्नु नपर्ने कपितय जानकार बताउँछन् । लुम्बिनी र यस आसपासका अन्य ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर टुरिजमको प्याकेज बनाउन सके यो प्रदेशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने देखिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी, गुल्मीको रुरु–रेसुङ्गा, पाल्पाको रानीमहल, बुटवलको जितगढी किल्ला, कपिलवस्तुको जगदीशपुर ताल यहाँका थप पर्यटकीय क्षेत्र हुन् । प्रदेश सरकारले … Continue reading प्रदेश समृद्धिको आधार उद्योग, कृषि र पर्यटन