कर्णालीको पर्यटन : पूर्वाधारविनाको प्रचार–प्रसार
The following two tabs change content below.BioLatest Posts आकाश तारा बयक Latest posts by आकाश तारा बयक (see all) जनप्रतिनिधिलाई भत्तैभत्ता – कर्णालीको विज्ञ समूहले काम थाल्यो – ओत लाग्न पाएनन् विस्थापित : त्रिपालमुनि बाढीपीडितका ४ वर्ष – कर्णालीमा अथाह पर्यटकीय सम्भावना हुँदाहुँदै पूर्वाधारको पर्याप्त विकास र प्रवर्द्धन नहुँदा समग्र प्रदेश ओझेलमा परेको छ । पूर्वाधारविनै कर्णालीको सुन्दरता ‘एक्सपोज’ गर्ने सरकारको योजना सफल हुनेमा आशङ्का गर्न थालिएको छ । ‘चौरमा सुत्ने, ढुङ्गालाई सिरानी बनाउनुपर्ने अवस्था छ । हिम्मतदार पर्यटकको खाँचो छ,’ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत चैत अन्तिम साता ‘रारा–कर्णाली पर्यटन वर्षको’ तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यिनै शब्द बोलेका थिए । उनको यो अभिव्यक्ति पहिला पर्यटन वर्ष मनाइहालौं, अनि पूर्वाधार बन्दै गर्छ भन्ने आशयको थियो । ‘यदि यस्तो सोच हो भने यसले प्रतिफल उल्टो पनि दिन सक्छ,’ पर्यटन व्यवसायी चिन्तामणि शर्मा भन्छन्, ‘पूर्वाधारविना पर्यटन विकास सम्भव छैन ।’ प्रदेश सरकारले प्रमुख पर्यटकीय स्थल मुगुको राराताललाई केन्द्रविन्दुमा राखेर ‘कर्णाली समृद्धिको आधार पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ वैशाख १ गतेदेखि ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मनाइरहेको छ । ‘तत्कालीन राजा महेन्द्रले मुगुको राराताललाई स्वर्गकी अप्सरासँग तुलना गरे । रारालाई स्वर्गको टुक्रासँग अहिले पनि तुलना गरिन्छ,’ पर्यटन बोर्डले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको छलफलमा पर्यटन व्यवसायी भन्दै थिए, पर्यटकीय पूर्वाधार नहुँदा चाहेर पनि सबैले रारा पुग्न सकिरहेका छैनन् । पूर्वाधार नहुँदा लक्षित पर्यटन वर्षका लक्षित उपलब्धि हासिल हुनेमा आशङ्का छ । यसका लागि सङ्घीय, प्रादेशिक र स्थानीय तीनै तहका सरकार, पर्यटन बोर्ड, पर्यटन व्यवसायी र सम्बद्ध क्षेत्रका समुदायबीच सहकार्य … Continue reading कर्णालीको पर्यटन : पूर्वाधारविनाको प्रचार–प्रसार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed