अनुमति नदिई मदिरा बेच्नेलाई तुरुन्त कारवाही गर्न सर्वोच्चको आदेश
The following two tabs change content below.BioLatest Posts विकास भट्टराई Latest posts by विकास भट्टराई (see all) सर्वोच्चको ठहर : ‘चिकित्सक पनि कारबाहीको घेरामा’ – सर्वोच्च अदालतको आदेश : मदिरा ऐनको प्रभावकारी कार्यान्वयन – अनुमति नदिई मदिरा बेच्नेलाई तुरुन्त कारवाही गर्न सर्वोच्चको आदेश – भदौ १८, काठमाडौं । अनुमति नलिई मदिरा विक्री वितरण गरेको पाइएमा कानून तथा निर्देशिका बमोजिम तुरुन्त कारवाही गर्न सोमवार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजालासले मदिरा ऐन, २०३१ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याई अनुमति नलिई मदिरा विक्री गरेको पाइएमा कारवाही गर्न सरकारलाई आदेश दिएको हो । नेपालमा मदिरा ऐन, २०३१ सालमा नै जारी भएका र सोबमोजिम निर्देशिका पनि प्रकाशित गरिएको भएपनि त्यस्ता दस्तावेजहरु कार्यान्वयनमा नआएको उल्लेख गर्दै जुरी नेपालका अधिवक्ता विष्णुप्रसाद पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed