The following two tabs change content below.BioLatest Posts आकाश तारा बयक Latest posts by आकाश तारा बयक (see all) जनप्रतिनिधिलाई भत्तैभत्ता – कर्णालीको विज्ञ समूहले काम थाल्यो – ओत लाग्न पाएनन् विस्थापित : त्रिपालमुनि बाढीपीडितका ४ वर्ष – प्राचीन जुम्ला राज्य र त्यसका वरिपरिका जिल्ला समेटिएर बनेको, राज्यको उपेक्षाको पर्यायजस्तै भएका कर्णाली क्षेत्र, रारा र फोक्सुण्डोजस्ता सुन्दर ताल भएको कर्णाली प्रदेश एक अत्यन्त सम्भावना बोकेको प्रदेश हो । २०६८ को जनगणनाअनुसार यो प्रदेशको जनसङ्ख्या १४ लाख १५ हजार छ । यसको मानव विकास सूचकाङ्क शून्य दशमलव ४१ छ । प्रतिव्यक्ति औसत वार्षिक आय (पीपीपीमा) ८ सय ८ दशमलव ५६ अमेरिकी डलर रहेको यस प्रदेशमा ४२ दशमलव ८४ प्रतिशत जनसङ्ख्या गरीबीको रेखामुनि छन् । लगभग सबैजसो विकासका सूचकाङ्कमा पछाडि देखिएको कर्णाली प्रदेशका अगाडि चुनौतीका चाङहरू छन् । मुलुकमै सबैभन्दा धेरै अर्थात् ३५ दशमलव ९ प्रतिशत घरधुरीलाई पानीको अभाव छ भने ४७ दशमलव ९ प्रतिशत घरमा शौचालय छैनन् । यस प्रदेशको बाल मृत्युदर अत्यन्त धेरै अर्थात् ५५ दशमलव ९ प्रतिशत छ भने पोषण तत्वको अभावमा यहाँको ३८ दशमलव ५१ प्रतिशत जनसङ्ख्यामा पुड्कोपन देखिएको छ । ५१ दशमलव ९३ प्रतिशत जनसङ्ख्यामा कम तौलको समस्या छ । मुलुकका सात प्रदेशमध्ये सबैभन्दा कम रणनीतिक सडक सञ्जाल पनि यही प्रदेशमा छ । यस प्रदेशको जम्मा ३० प्रतिशत क्षेत्रफल जङ्गलले ढाकेकोमा मुलुककै सबैभन्दा बढी ९५ प्रतिशत जनता खाना पकाउन दाउराको प्रयोग गर्ने अहिलेको परिस्थितिले पर्यावरणीय दुर्घटना निम्त्याउन सक्ने पनि देखिन्छ । अझै पनि सडक नपुगेका जिल्ला सदरमुकाम (डोल्पा र हुम्ला) यसै प्रदेशमा छन् । विकासको अभावमा रोजगारीका … Continue reading कर्णालीका अवसरहरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed