आईपीओ निष्कासनका लागि आशा लघुवित्तको सेबोनमा निवेदन

भदौ १८, काठमाडौं (अस) । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६ लाख कित्ता आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आइतवार निवेदन दिएको छ । कम्पनीको विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको गत आवको चौंथो त्रैमासको वित्तीय विवरण अनुसार चुक्तापूँजी रू. १४ करोड रहेको छ । आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. २० करोड पुग्नेछ ।