भक्तपुरको मुहानपोखरीमा रहेको पानीको छाँगोमा रमाउँदै आन्तरिक पर्यटक । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले भक्तपुरमा पानी वितरण गर्न बनाएको बाँधबाट निर्मित छाँगो उपत्यकाबाट नजिकै पर्ने भएकाले यहाँ बिदाको दिन आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । केही पर्यटन पूर्वाधार निर्माण गरी आन्तरिक पर्यटन पवर्द्धन गर्न सकिने भए पनि सरोकारवालाले चासो नदिँदा कुनै आर्थिक कारोेवार नहुने स्थानीय सोम लामिछानेले बताए । तस्वीरः प्रभात पराजुली/आर्थिक अभियान