होङ्सी शिवम् सिमेण्टमा पाँच बाणिज्य बैङ्कको १६ अर्व कर्जा लगानी
भदौ १८, काठमाडौं (अस) । पाँच बाणिज्य बैङ्कले होङ्सी शिवम् सिमेण्टमा अहिलेसम्मकै ठूलो कर्जा लगानी गरेका छन् । नेपालको सिमेण्ट उद्योगमा लगानी गरेको होङ्सी शिवम् सिमेण्टमा एनएमबी बैङ्कको नेतृत्वमा पाँच बैङ्कले १६ अर्व रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । जसमा एनएमबी बैङ्कले ६ अर्व ७५ करोड, नेपाल इन्भेष्टमेण्ट बैङ्कले ४ अर्व, प्रभु बैङ्कले ३ अर्व, एभरेष्ट बैङ्कले १ अर्व २५ करोड र नेपाल एसबीआई बैङ्कले १ अर्व रुपैयाँ कर्जा प्रवाह गर्ने सम्झौता गरेका छन् । राजधानीमा सोमवार आयोजित एक कार्यक्रममा उक्त कर्जा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । ७ वर्षका लागि बैङ्कहरुले गरेको उक्त लगानीमा चीनको बैङ्क अफ चाईना र चाईना मिङसेङ बैङ्कले बैङ्क सुरक्षण जमानत दिएको एनएमबी बैङ्कले बताएको छ । ‘देशमा दीगो विकासमा योगदान पुर्याउने आयोजनाहरुमा एनएमबी बैङ्कले सधैं सहयोग गर्नेछ,’ कर्जा लगानी सम्बन्धि सम्झौता कार्यक्रममा बोल्दै एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘यस प्रकारका आयोजनाहरुले देशमा पूर्वाधार निर्माण, रोजगारीको सृजना र विदेशी लगानी ल्याउन प्रोत्साहन गर्दछ ।’ होङ्सी शिवम् सिमेण्टका निर्देशक लाईवी पेङले कम्पनीमा आर्थिक पक्षको व्यवस्थापन गर्न पाएकोमा खुशी लागेको बताए । उनले भने, ‘यो लगानीसँगै होङ्सी शिवम् सिमेण्ट नेपालकै सबैभन्दा ठूलो सिमेण्ट कारखाना बनेको छ ।’ शिवम् सिमेण्ट लिमिटेड अन्तर्गत रहेको सिशवम् होल्डिङ प्रालिको ३० प्रतिशत र चिनीयाँ कम्पनी होङ्सी होल्डिङ लिमिटेड अन्तर्गत रहेको हङकङ रेड लायन सिमेण्ट नम्बर ३ को ७० प्रतिशत शेयर लगानी रहेको छ । यसअघि कम्पनीले धितो पत्र बोर्ड र नेपाल राष्ट्र बैङ्कबाट ९ अर्व ८२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृति लिएको थियो । सिमेण् कारखाना सञ्चालनमा … Continue reading होङ्सी शिवम् सिमेण्टमा पाँच बाणिज्य बैङ्कको १६ अर्व कर्जा लगानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed