रोल्पा (अस) । दाङको घोराहीदेखि रोल्पाको थबाङ जोड्ने शहीदमार्ग सडक १ महीनादेखि अवरुद्ध छ । शहीदमार्ग सडक खण्डअन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिका–३, चप्काखोलामा गत साउन १ गते खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । पहिरोले दाङबाट रुकुमपूर्वको चुनबाङका लागि छुटेको बससमेत पुरेको थियो । सडक अवरुद्ध हुँदा दाङको घोराहीदेखि रोल्पाको थबाङ र रुकुमपूर्वको चुनबाङमा यातायात सेवा बन्द भएको छ ।
पहिरो पन्छाउने काम भइरहेको भए पनि वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालनमा आउन नसकेको सडक डिभिजन कार्यालय रोल्पाले बताएको छ । सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानी र बिरामीहरूलाई उपचारका लागि अस्पताल लैजानुपर्दा समस्या भएको स्थानीयले बताएका छन् ।











