काठमाडौं (अस) । मुक्तिनाथ विकास बैङ्कले काठमाडौको गोकर्णेश्वर नगरपालिका–५, जोरपाटीमा शाखा सञ्चालना गरेको छ । ‘सबै तहमा वित्तीय सेवा’ नाराका साथ सञ्चालित उक्त शाखाको सोमवार आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
जोरपाटीमा शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालन गरिएको उनको भनाइ थियो । योसँगै काठमाडौं उपत्यकामा बैङ्कको शाखा १२ पुगेको बताइएको छ ।











