भदौ १९, काठमाडौं (अस) । मङ्गलवार कारोबार भएको दोस्रो घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव २८ प्रतिशत बढेको छ । कारोबार भएको ५० मिनेटसम्म बढेको बजार आधा घण्टासम्म घटेको थियो । यस अवधिमा नेप्से ३ दशमलव ३८ अङ्कले बढेर १ हजार २ सय ९ दशमलव ६४ विन्दुमा पुगेको छ । कारोबार भएका १ सय ३४ कम्पनीको रू. १६ करोड ५५ लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबार भएका १० समूहको परिसूचकमा पाँच समूहको परिसूचक बढेको छ भने पाँच समूहको परिसूचक स्थिर रहेको छ । एनआइसी एशिया बैङ्कको सर्वाधिक रू. २ करोड बराबरको शेयर कारोबार भएको छ ।











