भदौ १९, काठमाडौं (अस) । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ लाख कित्ता आईपीओ जारीको लागि सेबोनमा निवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता रू. १ सयमा ६ करोड बराबरको सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ स्वीकृतिका लागि सेवोनमा भदौ १७ गते निवेदन दिएको थियो ।
कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले गत आवको चौंथो त्रैमासमा रू. १ करोड १० लाख ३२ हजार खुद नाफा कमाएको छ । कम्पनीको चुक्तापूँजी रू. १४ करोड रहेको छ ।











