चितवन (अस) । चितवन मदिरा व्यवसायी सङ्घको पाँचौं साधारणसभा तथा प्रथम अधिवेशन सोमवार चितवनको ज्ञानेश्वर सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ । विगत केही वर्षदेखि निष्क्रिय रहेको सङ्घ गोविन्द पाण्डेको अध्यक्षतामा सक्रिय भएको हो । पाण्डेको अध्यक्षतामा सङ्घले १३ जना कार्यसमिति निर्विरोध चयन गरेको छ ।
सङ्घको उपाध्यक्षमा निरेशकुमार सिंह, महासचिवमा राम बस्नेत, सचिवमा निर्मल शर्मा, कोषाध्यक्षमा लेखनाथ पौडेल रहेका छन् । त्यसैगरी, कार्यसमिति सदस्यमा नवराज रेग्मी, तुलनारायण श्रेष्ठ, युवराज क्षेत्री, रामबाबु रेग्मी, सुरज हमाल, यमबहादुर गुरुङ, टेकनारायण शर्मा र अमिता भट्टराई रहेको बताइएको छ ।











