काठमाडौं (अस) । एलजी इलेक्ट्रोनिक्सले डिलर समिट–२०१८ सम्पन्न गरेको छ । सौरहको होटल सेभन स्टारमा सम्पन्न कार्यक्रममा करीब १ सय ७० डिलर प्रतिनिधि सहभागी थिए । सो अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने डिलरहरूलाई विभिन्न विधामा पुरस्कारसहित सम्मान गरिएको थियो । सो अवसरमा एलजीका विभिन्न नयाँ टेक्नोलोजीका सामानको डिस्प्लेका साथै आगामी वर्षका योजनाबारे पनि छलफल गरिएको थियो ।
एलजीको डिलर्स समिट–२०१८ सम्पन्न











