काठमाडौं (अस) । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ होण्डा एक्स ब्लेडलाई नेपाली बजारमा सार्वजनिक गरेको छ ।
१६० सीसी इञ्जिन क्षमताको उक्त मोटरसाइलमा रोबो फेस एलईडी हेड ल्याम्प प्रयोग गरिएको छ । यो प्रविधि गर्ने होण्डा एक्स ब्लेड पहिलो मोटरसाइल भएको कम्पनीको दावी छ । नेपालको सडकका लागि उपयुक्त यो बाइकलाई होण्डाले स्पोर्टी र मस्कुलर लुक दिएको छ । पाँच विभिन्न रङमा उपलब्ध बाइकमा डिजिटल मिटर, लामो र आरमदायी सिट, मोनोसक सस्पेन्सन, डुअल आउटलेट टेलल्याम्प, फराकिलो टायर, बढी समय टिक्ने सिल चेनजस्ता विशेषता रहेका छन् । होण्डा एक्स ब्लेडको मूल्य नेपाली बजारमा २ लाख ८५ हजार ९ सय रुपैयाँ तोकिएको स्याकार ट्रेडिङ कम्पनीले जानकारी दिएको छ ।











