काठमाडौं (अस) । बजाजले आगामी दशैंतिहारलाई लक्षित गरी बजाज पाकेट फुल योजना सञ्चालन गरेको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले ग्राहकको पाकेट भर्ने उद्देश्यले उक्त योजना सञ्चालन गरेको जानकारी दिएको छ ।
योजनाअन्तर्गत बजाजका कुनै पनि मोटरसाइकल खरीदमा गर्दा एउटा स्क्र्याच कार्ड पाइने कम्पनीले जानकारी दिएको छ । कार्डको एक भागमा स्क्र्याच गर्ने ठाउँ हुनेछ भने अर्को भागमा पाकेट फुल साप्ताहिक लक्की ड्र कुपन हुनेछ । स्क्र्याच कुपनबाट तत्कालै ग्राहकले १ लाख रुपैयाँसम्म नगद छूट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर साप्ताहिक पाकेट फुल लक्की ड्र कुपनबाट हरेक हप्ता एक जना भाग्यशाली विजेताले पाकेट फुल गर्ने अवसर पाउनेछन् ।
साप्ताहिक विजेताले तोकिएको समयभित्र बढीभन्दा बढी पैसारुपि कुपन समातेर आफ्नो पाकेट फुल गर्नुपर्ने र सोही कुपनबराबरको रकम विजेतालाई प्रदान गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।











