भदौ २०, काठमाडौं (अस) । अष्ट्रेलियामा जान चाहने र गएका विद्यार्थीलाई कसरी नेपाल फर्काउने, बिद्यार्थीले त्यहाँ कस्ता समस्याहरु भोगिरहेका छन्, उनीहरुले गुणस्तरीय शिक्षा पाएका छन् की छैनन, विद्यार्थीहरु किन आत्महत्या गर्न बाध्य छन, अष्ट्रेलियामा हजारौं कोर्ष पढाई हुँदा किन ४/५ कोर्षको मात्र प्रवद्र्धन गरिन्छ ? जस्ता विषयमा राजधानीमा बुधवार अन्तरक्रिया गरिएको छ । सौजन्य मिडियाको आयोजनामा उक्त अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो ।
यसअघि २ ओटा सिरिज सम्पन्न गरिसकेको जर्नी टु अष्ट्रेलिया कार्यक्रमको यो तेस्रो संस्करण हो । बिभिन्न क्षेत्रका बिज्ञको उपस्थितिमा गरिएको कार्यक्रममा अष्ट्रेलियामा विद्यार्थीको अवस्था, शैक्षिक संस्थाको सेवा सुबिधालगायतका विषयमा छलफल गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बड, अष्ट्रेलियाका लागि नेपाली राजदूत लकी शेर्पा, शिक्षा मन्त्रालयका सह सचिव हरि लम्साल, एनएसडब्लु सिड्नीका अबैधानिक महाबाणिज्यदूत दिपक खड्का, नेपाल अष्ट्रेलिया चेम्बर अफ कमर्शका अध्यक्ष अखिल चापागाँई, इक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेलगायतको उपस्थिति रहेको थियो ।