काठमाडौं (अस) । माछापुच्छ्रे बैङ्कले सेवा विस्तारका क्रममा माछापुच्छ्रे बैङ्कले थप दुई स्थानबाट शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको छ । बैङ्कले सिराहाको लाहान नगरपालिकाको बरियारपट्टी र सखुवानान्कारकट्टीबाट शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको हो ।
ग्राहक सेवा केन्द्रका रूपमा सञ्चालित शाखारहित बैङ्किङ सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानीका साथै कर्जा आवेदन गर्नेसमेत व्यवस्था बैङ्कले जानकारी दिएको छ । बैङ्कले नेपालमै पहिलोपटक शाखारहित बैङ्किङ सेवाबाटै तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्थासमेत गरेको छ ।
बैङ्कले हाल ८६ शाखा, दुईओटा एक्सटेन्शन काउण्टर, २७ शाखारहित बैङ्किङ सेवा एवम् ९९ एटीएम काउण्टरमार्फत वित्तीय सेवा दिँदै आएको छ ।