काठमाडौं (अस) । एनआईसी एशिया बैङ्क गुराँस लाइफ इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैङ्क र इन्स्योरेन्सबीच मङ्गलवार आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैङ्कका ग्राहकले गुराँस लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सेवासम्बन्धी सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताइएको छ ।
हाल बैङ्कले देशभर २ सय ४१ शाखा, २ सय ३८ एटीएम काउण्टर, १४ एक्सटेन्शन काउण्टर तथा १८ शाखारहित बैङ्किङ एकाइमार्फत वित्तीय सेवा दिँदै आएको छ । गत असार मसान्तसम्म बैङ्कले १ खर्ब ४९ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिएको छ ।