भदौ २१, काठमाडौं (अस) । कन्काई विकास बैङ्कले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश प्रस्ताव गरेको छ । बैङ्कको भदौ १९ गतेको बैठकले ३ प्रतिशत बोनस शेयर र ६ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।
हाल रू. ५० करोड चुक्तापूँजी रहेको यस बैङ्कले गत चौंथो त्रैमासमा रू. ४ करोड ४५ लाख ६८ हजार नाफा कमाएको छ । बैङ्कको प्रतिशेयर आम्दानी वार्षिक रू. ८ दशमलव ९१ रहेको छ । बिहीवार भएको शेयर कारोबारमा बैङ्कको शेयर मूल्य रू. १ सय २६ कायम भएको छ ।





