भदौ २१, काठमाडौं (अस) । नेपाली युवाको विदेश पलायन रोक्न १० लाख रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउनुपर्ने व्यवसायीले माग गरेका छन् । महिला उद्यमीले सञ्चालन गरेको ‘तीज विशेष’ कपडा तथा शृङ्गारका सामग्रीको एक्स्पोमा सहभागी उद्योगी व्यवसायीले उक्त माग गरेका हुन् ।
साना तथा मझौला व्यवसायी महासङ्घमा आवद्ध उद्योगी व्यवसायीले रोजगारका लागि विदेश पलायन भइरहेको वेरोजगार युवा जनशक्तिलाई स्वदेशमा नै रोक्न सरकारले शैक्षिक प्रमाणपत्र राखीसहुलियत ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
महिला उद्यमीले पनि आफ्नो उद्योगबाट उत्पादित तीज विशेष कपडा तथा शृङ्गारका सामग्रीको ललितपुरको सातदोवाटोस्थित ललितपुर पार्टी प्यालेसमा १ दिवसीय एक्स्पो सञ्चालन गरेका छन् । उक्त एक्स्पोमा साना तथा मझौला व्यवसायी महासंघ नेपालमा आवद्ध महिला उद्योगीद्वारा सञ्चाललित उद्योगबाट उत्पादित सामग्रीको प्रदर्शनी गरिएको थियो ।
One Comment
Pingback: ‘युवा पलायन रोक्न सहुलियत ऋण उपलब्ध गराउन माग’ - Ideal Nepal