चीनको राजधानी पेचिङमा पत्रकार सम्मेलनमा नयाँ आइफोन एक्स चलाइरहेका एक व्यक्तिको सन् २०१७ को अक्टोबर ३१ मा खिचिएको फाइल फोटो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इङ्कलाई अमेरिकामै उपकरणहरु बनाउन भनेका छन् । चीनमा बनाएर अमेरिका ल्याएर विक्री गरिने कम्पनीका उपकरणमा अतिरिक्त महसुल नलागोस् भन्ने इच्छा छ भने देशमै बनाउन ट्रम्पले शनिवार एक ट्विट मार्फत चेतावनी दिएका हुन् । अमेरिकाले अतिरिक्त महसुल लगाउन प्रस्ताव गरेको चिनियाँ वस्तुमा एप्पलका घडीलगायत विविध उत्पादन प्रभावित हुँदैछन् । घरेलु बजारमै आइफोन बनाएमा कुनै ट्याक्स नलाग्ने बरु उल्टै कर छूट पाइने समेत ट्विटमा ट्रम्पले भनेका छन् । तस्वीर: रोयटर्स