काठमाडौं (अस) । नेपालमै पहिलोपटक यती बाइक रेस सम्पन्न भएको छ । कार्यक्रममा साहसिक पर्यटनमा विश्व प्रसिद्ध नागरिक एपोलोको संयोजनमा ६ जना विदेशी नागरिकले बेँशीशहर, मुक्तिनाथ, बेनी हुँदै पोखरासम्म बाइक रेस गरेको रेसको व्यवस्थापन गरेको मकालु एड्भेञ्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले वताए ।
शनिवार आयोजित एक कार्यक्रममा रेसका विजेता र सहभागिहरुलाई प्रबन्ध निर्देशक लम्साल र संयोजक एपोलोले ट्रफी र मेडल हस्तान्तरण गरे । आगामी वर्षदेखि हरेक सेप्टेम्वर १५ मा विश्वभरबाट सहभागी बोलाएर नेपालमा यती बाइक रेसको आयोजना गर्ने लम्सालले वताए ।