One Comment

  1. वसन्त कुमार ढकाल

    एकदमै समय सान्दर्भिक लेख लेख्नुभएकोमा लेखक ज्यू लाई धन्यवाद । तर, लेख धेरै सतही लाग्यो ।

    पहिलो कुरा, लेखकले प्रस्तुत गर्नुभएको तथ्याङ्क नै गलत छ ।

    नेपाल राष्ट्र बैंक को असार मसान्त , २०७५ को जानकारी अनुसार नेपालमा मोबाइल बैङ्किङ प्रयोगकर्ताको संख्या १५ लाख हैन, ५० लाख नाघिसकेको छ । (विस्तृत विवरण यो लिङ्कमा गएर हेर्न सक्नुहुन्छ: https://nrb.org.np/bfr/statistics/cms_pdf/Asar_2075.pdf)

    हो, मोबाइल बैङ्किङमार्फत रकम ट्रान्सफर गर्न, कारोबारको जानकारी लिन, मोबाइल रिचार्ज गर्न र ल्याण्डलाइन टेलिफोन बिल, खानेपानी/बिजुली बिल लगायत धेरै सेवाहरुको अन्लाईन/मोबाईलबाटै भुक्तानी गर्न सकिन्छ ।

    तर दुखद कुरा, सबै यस्ता सुविधा शहर केन्द्रीत छन् । ग्रामिण भेगका बासिन्दा अझै पनि मासिक ८० रुपैयाँको महसुल तिर्न सयौँ रुपैयाँ र पूरा दिनखर्च गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।

    गाउँमा मोबाइल बैङ्किङ अझैसम्म पुग्न सकेको छैन । बैंकहरुले पनि मोबाइल बैङ्किङ सुरक्षित छ र ढुक्कसाथ प्रयोग गर्नुहोस भनेर विश्वस्त पार्न सकेका छैनन् ।

    अर्को कुरा, ‘ई–सेवा लोड गर्न सक्नुहुन्छ’ भन्नुभन्दा पनि ‘मोबाईल वालेटमा लोड गर्न सक्नुहुन्छ’ भन्नुभएको भए राम्रो हुन्थ्यो कि ? किनकि बजारमा खल्ती , आइएमइ पे , प्रभु पे जस्ता वालेटहरु पनि उदाउँदै छन् ।

    ‘मोबाइल बैङ्किङ नगदरहित कारोबार भएकाले मोबाइल हराएपछि पैसा हराउने सम्भावना पनि हुन्छ’ । हो, तर पासवर्ड राखेर मोबाइल बैङ्किङ एप लक गर्न पनि सकिन्छ । कतिपय ‘एप’मा त फोन मालिकको औँठाछाप भएपछि मात्रै एप खोल्न मिल्छ । तसर्थ, सुरक्षा को विषयमा त्यसरी डराएर प्रयोग नै नगर्ने भन्ने पनि हुँदैन ।

    यी सुझावहरुलाई सकारात्मक रुपले लिनुहुन्छ भन्ने आशा छ ।

    Reply

Leave a Reply to वसन्त कुमार ढकाल Cancel Reply





सम्बन्धित शीर्षकहरु