पोखरा (अस) । भारतमा उत्पादित कण्टिनेण्टल टायरको नेपालका लागि आधिकारिक विक्रेता टायर इण्टरनेशनल र गण्डकी धवलागिरिका लागि आधिकारिक विक्रेता मोनिका सप्लायर्सको आयोजनामा चालकलाई तालीम प्रदान गरिएको छ । क्वालिटी ग्रिट एण्ड क्रसर तनहुँमा आबद्ध चालकका लागि टायरको सही प्रयोगबारे मङ्गलवार तालीम दिइएको हो ।
कार्यक्रममा कण्टिनेण्टल टायरका कण्ट्री म्यानेजर महेन्द्र्रशङ्कर रावले सही प्रयोगले टायरको टिकाउ बढ्ने बताए । सिनियर टेक्निसियन इञ्जिनीयर अनिलकुमार शर्माले कण्टिनेण्टल टायर अत्यधिक भारवहन क्षमता र माइलेज राम्रो दिने विशेषताबाट प्रशिद्ध रहेको बताए । पञ्चर कम हुने तथा कट कम लाग्ने उनको भनाइ छ । १९ देशमा प्लाण्ट स्थापना गरी ४० भन्दा बढी देशमा कण्टिनेण्टल टायरको विक्री भइरहेको उनले जानकारी दिए ।