साउन १, काठमाडौं (अस) ।
भन्सार विभागले भन्सारको कामलाई समयसापेक्ष चुस्त, दुरुस्त र पारदर्शी बनाउने पाँचवर्षे कार्ययोजना मङ्गलवार सार्वजनिक गरेको छ । विभागद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले कार्ययोजना पुस्तक सार्वजनिक गरेका थिए । कार्ययोजनामा भन्सारलाई प्रविधिमैत्री र उत्तरदायी बनाइने उल्लेखछ । अर्थमन्त्री कोइरालाले कार्ययोजनाले कोरेको मार्गचित्रअनुसार तत्काल काम गर्न सम्बद्ध निकायका पदाधिकारीलाई निर्देशन दिए । कार्ययोजनाले विभागका कामकारबाहीलाई सजिलो र पारदर्शी बनाउन मद्दत पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।



