आवश्यकता जे हो त्यही खरीद गर्नुपर्छ

विजयराज भण्डारीअध्यक्षसीई कन्ष्ट्रक्शन – तपाईंले अहिले कुन ब्राण्ड तथा मोडलको मोबाइल प्रयोग गर्नुहुन्छ ?     आईफोन फोर एस – यसमा तपाईंलाई सबैभन्दा मनपर्ने फिचर के हो ?     यो चलाउन निकै सजिलो छ ।– ग्याजेट्सका रूपमा तपाईंले प्रयोग गर्ने अन्य साधन ?     आईप्याड, कम्प्युटर, सोनीको ल्यापटप – नयाँ केही खरीद गर्ने विचार छ कि ?    सामसुङको ग्यालेक्सी एसफोर खरीद गर्ने सोचमा छु । – सामाजिक सञ्जालमा हुनुहुन्छ कि ?    मेरो फेसबूक र ट्वीटर दुवैमा एकाउण्ट छ ।– यसको प्रयोग केका लागि गर्नुहुन्छ ?     सामाजिक सञ्जालमा आफ्ना पुराना साथीहरूसँग भेट हुन्छ । यसले विश्वव्यापी सम्पर्क सृजना गरेको हुन्छ । नियमित ‘अपडेट’ भइराख्न पनि यो सहयोगी हुन्छ । – प्रविधिको प्रयोग गर्दा कुन विषयमा बढी ध्यान पुर्‍याउन सल्लाह दिनुहुन्छ ?       जस्तो आवश्यकता हो, त्यस्तै प्रयोग गर्नुपर्छ । समयअनुसार प्रविधिका विभिन्न क्षेत्रसँग ‘अपडेट’ भइराख्नुपर्छ ।