किशोर महर्जन

किशोर महर्जनप्रमुख कार्यकारी अधिकृतसिभिल बैङ्क लिमिटेड फेसबुक दिनमा तीनपटक लगइन गर्छु   – तपाईंले अहिले कुन ब्राण्ड तथा मोडलको मोबाइल प्रयोग गर्नुहुन्छ ?  आईफोन फोर र सामसुङ ग्यालेक्सी एसफोर – यसमा तपाईंलाई सबैभन्दा मनपर्ने फिचर के हो ?  आईफोन फोरमा थ्रीजी अत्यन्त राम्रोसँग चल्छ । यसले मलाई जुनसुकै ठाउँमा गए पनि सजिलै इण्टरनेट चलाउन सहयोग गरेको छ । एसफोरको चाहिँ क्यामेरा राम्रो छ – ग्याजेट्सका रूपमा तपाईंले प्रयोग गर्ने अन्य साधन ?  एप्पलको आइप्याड र आईफोनको म्युजिक स्पीकर – नयाँ केही खरीद गर्ने विचार छ कि ? बजारमा आउने कुनै पनि नयाँ किसिमका ग्याजेट अबको मेरो रोजाइमा छन् – सामाजिक सञ्जालमा हुनुहुन्छ कि ? फेसबूक र ट्वीटर चलाउँछु । तर, ट्वीटरमा त्यति सक्रिय छैन – यसको प्रयोग केका लागि गर्नुहुन्छ ?  फेसबूकले आफ्ना पुराना साथीभाइ तथा सामाजिक रूपमा सञ्चार गर्न सहयोग गर्छ । फेसबूक दिनमा तीनपटक लगइन गर्छु – प्रविधिको प्रयोग गर्दा कुन विषयमा बढी ध्यान दिन सल्लाह दिनुहुन्छ ?    आफूलाई उपयुक्त हुने प्रविधिको प्रयोग गर्नुपर्छ । प्रयोग जहिले पनि सकारात्मक सोच राखेर गर्नुपर्छ । यसले कसैलाई पनि हानि पुर्‍याउनुहुँदैन ।