कात्तिक २८, काठमाडौं (अस) । लक्ष्मी लघुवित्त वित्तीय संस्थामा सञ्चालक परिवर्तन भएका छन् । यस कम्पनीको अध्यक्ष अजय विक्रम शाह लक्ष्मी बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकाले उनी सञ्चालक समितिको पदमा बहाल रहन नमिल्ने नीतिगत व्यवस्थाका कारण सञ्चालक परिवर्तन भएका हुन् ।
लक्ष्मी बैङ्कको प्रतिनिधित्व गर्दै यस कम्पनीको अध्यक्ष पदमा जीवन प्रकाश लिम्बु नियुक्त भएका छन् । लक्ष्मी बैङ्कको प्रतिनिधित्व गर्दै सञ्चालकमा मनोहर राज उप्रेती, अमित शर्मा र अनिता उपाध्याय नियुक्त भएका छन् । साथै, सर्वसाधारण तर्फबाट सञ्चालकमा गणेश भट्टराई र सबिना उपाध्याय रहेको छन् भने स्वतन्त्र सञ्चालकमा भोलाराम श्रेष्ठ नियुक्त भएका छन् ।