मङ्सिर ६, पर्सा (अस) । सुरक्षा जाँच गर्ने क्रममा प्रहरीले एक भारतीय नागरिकको साथबाट १० किलोग्राम चाँदी बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिकास्थित सिर्सिया खल्वाटोलाबाट भारत बिहारका ३० वर्षीय गुलसन साह कानुलाई १० केजी चाँदीसहित बुधवार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बिआर २२ ए डि ३५२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको एयरफिल्टर भित्र लुकाइछिपाई ल्याएको उक्त पमिाणको चाँदी फेला पारेको बताईएको छ । पक्ताउ परेका कानुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।