योगेश्वर अमात्य

योगेश्वर अमात्यगायक कन्भर्टिबल ल्यापटप किन्ने सोच छ – तपाईंले अहिले कुन ब्राण्ड तथा मोडलको मोबाइल प्रयोग गर्नुहुन्छ ?  एप्पलको आईफोन फोर र सामसुङको ग्यालेक्सी एसथ्री – यसमा तपाईंलाई सबैभन्दा मनपर्ने फिचर के हो ?  उत्कृष्ट भिडियो तथा तीव्र गतिको इण्टरनेट प्रयोग गर्न पाइन्छ – ग्याजेट्सका रूपमा तपाईंले प्रयोग गर्ने अन्य साधन ?  ल्यापटप र आईप्याड – अब नयाँ केही खरीद गर्ने विचार छ कि ? डेलको कन्भर्टिबल ल्यापटप – सामाजिक सञ्जालमा हुनुहुन्छ कि ? छु, फेसबूकमा – यसको प्रयोग केका लागि गर्नुहुन्छ ?  रमाइलोका लागि प्रयोग गर्छु – प्रविधिको प्रयोग गर्दा कुन विषयमा बढी ध्यान पुर्‍याउन सल्लाह दिनुहुन्छ ?  प्रविधिको आवश्यकता बढे पनि कतिपयले देखाउनका लागि मात्र यसको प्रयोग गर्छन् । तर, निरन्तर उपयोगमा आउने मात्र सामग्री खरीद गर्नु राम्रो हुन्छ । हचुवाको भारमा यस्ता सामान खरीद गर्नुहुँदैन ।