One Comment

  1. हरिशर्मा६०

    नेपालमा व्यापार घाटा बढ्नु चिन्ताको विषय नभएर खुशीको कुरा पनि हो । यहाँ घाटा बढ्नुको मूल कारण रेमिटेन्सको वृद्धि हो । नेपाली जनताको जीवन स्तर बढेकोले सामान आयात बढेको हो । विकास निर्माणको कामले पनि आयात बढ्छ । रेमिटेन्सको आम्दानी अस्थायी प्रकृतिको भएकोले कुनै पनि बेला यो घट्न सक्छ । रेमिटेन्स एकाएक घटेमा देश गम्भीर संकटमा फँस्ने छ । युवाहरु विदेशिँदा पारिवारिक र सामाजिक समस्याहरु पनि पैदा हुन्छन । त्यसैले सरकारले निर्यात बढाएर व्यापार सन्तुलन कायम गर्नु जरुरी छ । यहाँ बस्तु निर्यात कठिन भएकोले सेवा निर्यात गर्नु पर्ने कुरा लेखिएको छ जुन सत्य होइन । बस्तु र सेवा दुबै निर्यात गर्नु सजिलो कुरा होइन । यसका लागि सरकारले कडा मेहनत गर्नु पर्ने देखिन्छ । सस्तो ज्याला र प्रचुर प्राकृतिक स्रोतको कारण नेपालले बस्तु निर्यात गर्न सक्ने उत्तिकै सम्भावना छ । रेल र जलमार्गको विकास पछि नेपालबाट समुद्रसम्मको पहुँच सहज हुनेछ । भारत चीन र बाँग्लादेश जस्ता विशाल बजार नेपालको छिमेकमै भएकोले निर्यात गर्न अरु मुलुकको तुलनामा नेपाललाइ अझ सहज छ ।

    Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु