मंगलवार खिचिएको अमेरिकाको एरिजोनामा रहेको ग्राण्ड क्यान्योन नेशनल पार्कको एक तस्वीर । अमेरिकाको आंशिक बन्दका कारण यो
पार्कका धेरै क्षेत्र बन्द छन् । १३ दिनको आंशिक बन्द खुलाउन डेमोक्रेट्सहरूले बिहीवार अमेरिकाको तल्लो सदनबाट मेक्सिकोको सीमामा लगाउने पर्खालका लागि आवश्यक रकम बाहेकको बजेट पारित गर्ने तयारी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने यो प्रस्ताव स्वीकार नगर्ने पक्षमा रहेको बताइएको छ ।