माघ १०, काठमाडौं (अस) । वर्ल्ड मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले चालू आवको दोस्रो त्रैमासमा रू. ३ करोड ७८ लाख खराब कर्जा संकलन गरेको छ । कम्पनीको नाफा गत आवको तुलनामा ९० प्रतिशत घटेर रू. ३२ लाख ६० हजारमा सीमित भएको छ । गत आवमा रू. ३ करोड ४० लाख नाफा आर्जन गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी ९० प्रतिशत र सञ्चालन मुनाफा नोक्सानमा रहेपछि नाफा घट्न पुगेको हो । कम्पनीको खुद ब्याज आम्दानी रू. २६ लाख रहेको छ भने सञ्चालन मुनाफा रू. ३ करोड २६ लाख नोक्सानमा रहेको छ ।
कम्पनीको चुक्तापूँजी गत आवको सोही अवधिको तुलनामा ४६ प्रतिशत बढेर रू. २६ करोड ५६ लाख पुगेको छ । कम्पनीले जगेडा कोष रू. २३ करोड नोक्सानमा रहेको छ । निष्क्रिय कर्जा १ सय प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी रू. ३ सय ५८ रहेको छ ।