माघ १०, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले स्वचालित सवारी समूहबाट २ सयभन्दा बढी कर्मचारीलाई निकालेको छ । यस मामिलाबारे जानकार स्रोतको भनाइ उद्धृत गर्दै सीएनबीसीको अनलाइन संस्करणले समाचार छापेको हो । प्रोजक्ट टाइटनबाट कर्मचारी निकालिएको कुरा कम्पनीको प्रवक्ताले पनि स्वीकार गरेका छन् । यी कर्मचारीहरुलाई कम्पनीको अन्य परियोनामा सारिएको बताइएको छ । यति धेरै कर्मचारी निकालेर पनि स्वचालित प्रणालीमा काम गर्ने अति प्रतिभाशाली कर्मचारीहरु कम्पनीमा रहेको प्रवक्ताको भनाइ छ । कर्मचारी कटौतीलाई अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका इञ्जिनियरिङ उपाध्यक्ष डग फिल्डले टाइटान टिमको नेतृत्व सम्हाले यता समूहको अपेक्षित पुनःसंरचनाको रुपमा हेरिएको छ । एजेन्सी
स्वचालित सवारी समूहबाट एप्पलले निकाल्यो २ सयभन्दा बढी कर्मचारी
