काठमाडौं (अस) । बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले बाइक राइडिङ इभेन्ट ‘पल्सर राइड मेनिया’ प्रस्तुत गरेको छ । बजाजले माघ २७ गते उक्त ¥यालीको आयोजना गरेको हो । उक्त इभेन्टमा नारायणगढका पल्सर राइडर सहभागी भएका थिए । उक्त राइड मेनिया नारायणगढबाट शुरू भएर मादीमा पुगेर समापन भएको थियो ।
मेनियाले १५ जना राइडरका लागि राइड र खुशीको अनुभव प्रदान गरेको छ । एचएच बजाजले प्रत्येक महीना पल्सर राइड मेनिया सञ्चालन गर्ने कम्पनीले जानकारी दिएकोे छ । बजाज मोटरसाइकल नारायणगढका लागि आधिकारिक वितरक एनके मोटर्सले राइडर्सलाई नयाँ–नयाँ गन्तव्यमा लगेका थिए ।