फागुन २, बर्लिन (जर्मनी) । जर्मनी आर्थिक मन्दीमा जानबाट मुश्किलले जोगिएको छ । त्यहाँको तथ्याङ्क कार्यालय डेष्टाटिसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ को अन्तिम त्रैमासमा अर्थतन्त्र स्थिर रहेको छ । तेस्रो त्रैमसमा अर्थतन्त्र शून्य दशमलव २ प्रतिशतले घटेको थियो । आर्थिक वृद्धिदर लगातार २ त्रैमाससम्म घट्नुलाई आर्थिक मन्दी भनिन्छ । यसले यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र निरन्तर सुस्ताउने हो कि भन्ने चिन्ता बढाएको छ । एजेन्सी
मन्दीबाट मुश्किलले बच्यो जर्मनी
